गाउँले न्युज, प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ ।
आज शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने तय गरेको हो । उक्त बैठकले नै सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको छ ।
बलत्कारको आरोप लागेपछि असोज १४ मा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए ।