पर्यटन प्रबद्र्धनका लागि गाउँपालिका महोत्सव

पर्यटन प्रबद्र्धनका लागि गाउँपालिका महोत्सव

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पर्यटन वर्ष २०२० लाई लक्षित गरी गाउँपालिका महोत्सव शुरु भएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले सरकारलाई आफ्नो तहबाट सक्दो सहयोग गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
महोत्सवको उद्घाटन गर्दै संघीय सांसद हेमकुमार राईले थुलुङदूधकोशी गाउँपालिका जिल्लाकै क्रियाशिल गाउँपालिका भएको भन्दै विकास निर्माणमा निकै अघि बढेको बताउनुभयो । यस्ता महोत्सवले पर्यटन प्रबद्र्धन गर्दै सरकारको पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो । सोलुखुम्बु पर्यटन, उर्जा, खानी, कृषि, जडिबुटी सबै कुराले पूर्ण भएकाले सबै खालका पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ ।
महोत्सवमा स्थानीय फुड फेस्टिभल, कृषि प्रदर्शनी मेला, खेलकुद, स्थानीय कला संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरिएको छ । ८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक प्रस्तुती गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय परिवेश, खेलकुद र मनोञ्जनको माध्यामबाट पर्यटकलाई आकर्षण गर्दै समृृद्ध स्थानीय तह निर्माण तथा सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्न महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । महोत्सवको अवसरमा बृहत् कृषि प्रदर्शनीमा विभिन्न उत्पादन लिएर कृषकहरुले सहभागिता जनाएका छन् । गाउँपालिकामा उत्पादन हुने कृषि उपजबाट बनेका विभिन्न खानाका परिकारले उपस्थित अतिथिलाई स्वागत गरिएको छ ।
गाउँपालिकामा कृषि पर्यटनको धेरै सम्भावना रहेको स्थानीय बताउँछन् । त्यस गाउँपालिकाबाट समेत प्रतिनिधित्व गर्ने प्रदेस सांसद उत्तमकुमार बस्नेतले थुलुङदूधकोशीलाई ‘पर्यटन हब’को रुपमा विकास गर्नका लागि ठाउँठाउँमा पक्की, झोलुङगे, काठे पुल, सडक तथा अन्य भौतिक संरचना निर्माणमा लागिरहेको बताउनुभयो ।
सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले गाउँपालिकामा हजारौँ आन्तरिक पर्यटक भित्रने आशा राखिएको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने खेल संयोजक रामसंघर्ष किराँतीले बताउनुभयो । महोत्सवको अवसरमा अध्यक्ष रनिङ शिल्डका साथमा महिला पुरुष हाफ म्याराथुन, नृत्य, एकल ट्रयाक गायनसमेत आयोजना गरिएको छ ।
महोत्सवका लागि गायक शम्भु राई, गायिका मेलिना राई, हाँस्य कलाकार फुलन्देकी आमा लगायतका कलाकारहरु मुक्ली प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक पाँचदेखि दस हजार जना आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

sourse:himshikharnews

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका