गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले विभिन्न गुरु योजना अघि बढाएको छ । पर्यटन प्रबर्धनका लागि माप्य दुधकोशी ३ स्थित क्याम्कीमा बुद्धपार्क (गोल्डेन टेम्पल), लुर बजार क्षेत्रमा पोखरी र महादेवको मन्दिर र खास्तापमा व्यवस्थित बसपार्क निर्माण गर्न लागेको छ ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको नेतृत्वमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला अध्यक्ष मानबीर राई, गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर, ओगेन छोलिङ गुम्बाका प्रमुख लामा दोर्जी शेर्पा, वडा सदस्य तथा स्थानीय बुद्धिजिवीहरु संलग्न एक टोली गाउँपालिकाको गुरु योजनको प्रारम्भिक अध्ययन अवलोकन गरेका छन । माप्य दुधकोशी गाउँपाली ३ खास्ताप बसपार्क निर्माण हुने ठाउँ । फोटो: गौरब राई
विश्वाको सर्बोच शिखर सगरमाथाको प्रबेशद्वार माप्य दुधकोशी गाउँपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना भएपनि अहिलेसम्म त्यसको प्रचार प्रसार गर्न नसकिएको अब पर्यटकिय प्रवद्र्धनात्मक कार्यक्रमहरु चरणबद्ध रुपमा अघि भढाउने अध्यक्ष राइले बताए ।
Your email address will not be published. Required fields are marked *