नृत्य निर्देशक संघ नेपालको कविता बाचन र एकल प्रतियोगिता समपन्न

नृत्य निर्देशक संघ नेपालको कविता बाचन र एकल प्रतियोगिता समपन्न

गाउँले न्युज, २७ भाद्र, काठमाण्डौ । नृत्य निर्देशक संघ नेपाल, काठमाडौं क्षेत्र न ३ को आयोजनामा अन्तर बिधालय स्तरीय दुई शिर्षकमा कविता बाचन प्रतियोगिता समपन्न भएको छ ।
टाइमलाइन स्कुल नयाँबस्ती जोरपाटीमा भएको कार्यक्रममा नृत्य तथा राष्ट्रियता शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रियता शिर्षकमा प्रथम होलि गार्डन स्कुल, द्वितीय बाल गितान्जली स्कुल र तृतिय समिक्षा गणेश हिमाल स्कुल ले उपाधी चुम्न सफल भएका छन भने नृत्य शिर्षक तर्फ प्रथम–टाइम लाइन स्कुल, द्वितीय बाल गितान्जली स्कुल र तृतिय गोकर्णेश्वर स्कुले उपाधी चुमेका छन ।

“नृत्य हाम्रो अभिमान कला र संस्कृतिका पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ का अध्यक्ष बुद्ध लामाको सभापतित्व तथा प्रशिद्ध हास्य कबि शैलेन्द्र सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम सन्चालन भएको थियो । बिशेष अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, साहित्यकार, कलाकार बुद्धिजीवी लगाएत नेपाली साहित्य तथा सस्कृतिप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती कबि सैलेन्द्र सिंखडाले मन छुने कविताहरु बाचन गरि सम्पुर्ण प्रतियोगीहरुलाई भबिस्यको महाकवि रुपमा सम्मान गर्दै उत्साह प्रदान गरेका थिए । साहित्यको बिधालय भनेको भबिस्य बनाउने मन्दिर हो भन्दै शुभकामना समेत ब्यक्त गरेका थिए ।

सम्पुर्ण बिजेताहरुको उच्च मुल्यांकन गर्दै संघले आगामी दिनमा अझै साहित्य क्षेत्रमा दिगान्त रहोस भन्दै सम्मान पत्रद्वारा सम्मान गरेको छ । संघले यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष /अप्रत्यक्ष रुपमा अनबरत सहयोग पुर्याउनु हुने बिभिन्न संघ सस्था ब्यक्ती मिडिया लगाएतलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका