गाउँले न्युज, २७ भाद्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लालाई संविधान दिवसको अवसरमा खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला समन्वय समिति र सरोकारवालाहरुको (हिजो बिहीवार) बसेको बैठकले असोज ३ गते संविधान दिवसको अवसरमा यस जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा प्रमुख अथितीका लागी खानेपानी मन्त्री विना मगरलाई निमन्त्रणा गर्ने, त्यस्तै अतिथिमा प्रदेश नम्बर १ का मुख्य मन्त्री, सामाजिक विकास मन्त्री, सोलुखुम्बु प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई निमन्त्रणा गर्ने सोलुखुम्बु जिल्ला समन्याय समितिका प्रमुख बिरकुमार राईले बताए । यससगै सोलुखुम्बु ७६ औ खुल्ला दिशामुक्त जिल्ला हुने भएको छ ।