नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

गाउँले न्युज, १ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो भने अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन लगायतको एकता पूरा गर्न बाँकी छ । त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ ।

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् । यी दुईमा को वरिष्ठ भन्ने विवाद पार्टी एकतादेखि नै रहँदै आएको छ । दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका