गाउँले न्युज, १९ साउन, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा निर्माणधिन माथिल्लो सोलु हाइड्रो पावरले २ महिना भित्र परीक्षण उत्पादन गर्ने भएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको साल्मेमा २३.५ मेगावाट क्षमताको निर्माणाधिन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । अब ढीलोमा २ महिनामा परीक्षण उत्पादन सुरु गरिने प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले बताए ।
हाइड्रो मेकानिकल र सिभिल निर्माणाको कार्य सम्पन्न भईसकेको छ भने इलेक्ट्रोनिक मेकानिकल तर्फको पनि ९५ प्रतिशत कार्य सम्मन्न भाईसकेको आयोजनाले जनाएको छ ।
साढे ४ अर्वको लागतमा निर्माण सम्पन्न हुने आयोजनाको अनुमान छ । पहिरो र बाढीका कारण अहिले सोलु करिडोरको काम रोकिएकाले पनि आफ्नो उत्पादनमा ढीलाई भइरहेको आयोजनाले जनाएको छ ।
साभार: सोलु एफ एम