WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKKG6bFPa0e0xvVAcRSVHfOi7savA1/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:25:44', '', 'admlnlx', 'admlnlx')

प्रदेशबाट सोलुखुम्बुलाई ७५ करोड (हेर्नुस् कहाँ कति ?) – Gaule Khabar

प्रदेशबाट सोलुखुम्बुलाई ७५ करोड (हेर्नुस् कहाँ कति ?)

प्रदेशबाट सोलुखुम्बुलाई ७५ करोड (हेर्नुस् कहाँ कति ?)

गाउँले न्युज, ३१, असार, सोलुखुम्बु । दुई वटा प्रदेस सभाका क्षेत्र रहेको सोलुखुम्बुमा प्रदेस सरकारबाट आगामी आर्थिक बर्षका लागि ७५ करोड रुपियाँभन्दा बढी बजेट प्राप्त भएको छ । सडक, खानेपानी, सिँचाई, पुल, भवन, सामुदायिक विकासलगायतका विविध क्षेत्रमा रकम विनयोजन भएको छ ।
जसमा प्रदेस ‘क’का लागि ४२ करोड ९६ लाख रुपियाँ रकम प्राप्त भएको प्रदेस सभा ‘क’ का सांसद उत्तम बस्नेतले जानकारी दिनुभयो । ‘क’ क्षेत्रमा सबै भन्दा बढी थुलुङदूधकोशी गाउँपालिकामा १८ करोड ९२ लाख रुपियाँ, सोताङ गाउँपालिकाका लागि १२ करोड १४ लाख रुपियाँ, नेचासल्यान गाउँपालिकाका लागि आठ करोड ४३ लाख रुपियाँ, महाकुलुङ गाउँपालिकाका लागि तीन करोड ७० लाख रुपियाँ विनयोजन भएको सांसद बस्नेतले बताउनुभयो ।

यस क्षेत्रमा सबै भन्दा बढी दिप्ली पावै सोताङ हुँदै महाकुलुङ पात्ले छेस्काम बुङ पेल्माङ भैखम छेस्काम तुमाउ गुदेल चोमोलुङ सडकका लागि १० करोड रुपियाँ रकम विनयोजन भएको छ । त्यस्तै सबै भन्दा बढी रकम सडकमा प्राप्त भएको छ भने खानेपानी, सिँचाई, सामूदायिक विकासलगायतका क्षेत्रमा विनयोजन भएको छ । कम्तिमा डेढ लाख रुपियाँसम्मका योजना पनि रहेका छन् ।

त्यस्तै, प्रदेससभा ‘ख’ क्षेत्रका लागि प्रदेश सरकारबाट ३० करोड रुपियाँ भन्दा बढी रकम विनियोजन गरेको छ । जिल्लाको प्रदेशसभा ‘ख’ मा विभिन्न योजनाहरुका लागि ३० करोड ८७ लाख ५० हजार रुपियाँ विनियोजन गरेको हो ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाभित्रका विभिन्न पूर्वाधार निर्माणका लागि नौ करोड ३० लाख रुपियाँ बजेट विनियोजन भएको छ । नगरपालिकाभित्रका फाप्लुदेखि थुप्तेन छोलिङ गुम्बासम्मको सडक निर्माणका लागि दुई करोड, वडा नम्बर ८ केरुङदेखि सल्लेरी च्याल्सा विद्युत कम्पनीसम्मको सडकका लागि एक करोड रुपियाँ, घरेलु तथा साना उद्योग विकास समितिको भवन निर्माणका लागि एक करोड ५० लाख रुपियाँ रकम रहेको छ ।

खुम्बुपासाङल्हमू गाउँपालिकालाई पाँच करोड ७४ लाखरुपियाँ बजेट रहेको छ । जसमा खरिखोलादेखि गाउँपालिकाको केन्द्रसम्मको सडकका लागि चार कारोड रकम विनियोजन गरेको छ । सगरमाथा ट्रेल निर्माण स्तरउन्नतीका लागि एक करोड रुपियाँ रहेको छ भने अन्य साना योजना रहेका छन् ।

लिखुपिके गाउँपालिकालाई नौ करोड ३३ लाख रुपियाँ रकम छुट्याइएको छ । सोलुदुधकुण्ड नगरपालिकाको तामाखानीदेखि भण्डरसम्मको सडकको लागि पाँच करोड, लिखुनदी करिडोरका लागि दुई करोड, चौलाखर्क खानेपानी आयोजनाका लागि ९५ लाख र भकाञ्जे खानेपानी आयोजनका लागि ८० लाख रुपियाँ बजेट छ ।

माप्यदुधकोशी गाउँपालिकालाई चार करोड ८४ लाख रुपियाँ रकम विनियोजन गरिएको छ । गाउँपालिकाभित्र दूधकोशी नदीमा पक्की पुल निर्माणका लागि दुई करोड तथा सल्लेरीदेखि खुम्बुपासाङल्हामु गाउँपालिको अधेरीसम्मको सडक निर्माण तथा कालोपत्रेका लागि एक करोड रुपियाँ, खानेपानी आयोजनाका लागि ४० लाख ५० हजार रुपियाँ रकम छुट्याइएको छ । गाउँपालिकालको वडा नम्बर १ र २ लाई जोडने झोलुङ्गे पुलका लागि २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै, जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माणका लागि एक करोड रुपियाँ र जडिबुटी प्रसोधन केन्द्र स्थापना गर्नका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । sourse:himshikhar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका