थुलुङ दुधकोशी गाउँपालिका प्रबेशद्वारको चिण्डो अज्ञात समूहद्वारा तोडफोड

थुलुङ दुधकोशी गाउँपालिका प्रबेशद्वारको चिण्डो अज्ञात समूहद्वारा तोडफोड

गाउँले न्युज, १९ असार, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको सिमानामा राखिएको चिण्डो अज्ञात समूहले भात्काएको छ । किरात समुदायको संस्कार संग जोडिएको चिण्डोमा क्षेती पुर्‍याएपछी चौतर्फी आलोचना सुरु भएको छ ।
थुलुङ दुधकोशी गाँपालिका प्रवेशद्धारामा निर्माण गरिएको गेटमा चिण्डो निर्माण गरि राखिएको हो । उक्त चिण्डोमा मंगलबार अज्ञात समूहले क्षेति पुर्‍याएको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राइले जानकारी दिनुभयो ।
चिण्डोमा कस्ले के उद्देश्यले क्षेति गरेको भन्ने केहि पनि खुलेको छैन । पारुहाङ र सुम्निमाले आदिकालमा पानी जमाउने भाँडाको रुपमा सर्वप्रथम चिण्डोकै प्रयोग गरेका बताईन्छ । अहिले किरातीहरु जन्मदेखि मृत्यसम्म संस्कारमा चिण्डोको प्रयोग गर्ने गर्दछन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका