Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लुम्बिनीमा अत्याधुनिक ध्यान केन्द्र निर्माण हुने – Gaule Khabar

लुम्बिनीमा अत्याधुनिक ध्यान केन्द्र निर्माण हुने

लुम्बिनीमा अत्याधुनिक ध्यान केन्द्र निर्माण हुने

गाउँले न्यूज, ६ असार, काठामाण्डौ । बुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधुनिक सुविधासहितको ध्यान केन्द्र निर्माण हुने भएको छ । नगभक ६० करोड लागतमा स्तुपा आकारको ध्यान केन्द्र चार वर्षभित्रमा निर्माण गरी सक्ने योजना छ ।

कपन डाँडा काठमाडौंमा बस्दै आएका धर्मगुरु स्याल्पा रिम्पोछेको अगुवाइमा लुम्बिनीमा पहिलोपटक ध्यान प्रयोजनका लागि ठूलो गुम्बा बनाउन लागिएको हो । भिक्षुहरूलाई ध्यान गर्नका लागि सुविधायुक्त आवास, पूजास्थलसहित महासिद्ध ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निर्माण हुने भएको हो ।
लुम्बिनिमा रहेको कोरियन गुम्बाको पछाडि यो गुम्बा निर्माण गरिनेछ । लुम्बिनीमा हालसम्म विभिन्न बौद्ध सम्प्रदाय र २३ राष्ट्रले गुम्बा निर्माण गरिसकेका छन् । पृथक शैलीमा बन्न लागेको गुम्बाको डिजाइन चीन, मलेसिया, हङकङका आर्किटेक्चरले गरेका हुन् । इन्जिनियरिङ दृष्टिकोणले यो विश्वकै अत्याधुनिक सुविधा भएको गुम्वा हुने स्याल्पा रिन्पोछेले बताए ।

sourse:nepalnews

https://gaulenews.com/?p=46863

https://gaulenews.com/?p=46759

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका