गाउँले न्यूज, २४ बैशाख, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउपालिकामा सोमबार एकै दिन २ वटा योजनाको उद्धघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष असिमले राईले उक्त योजनाको उद्धघाटन गरेको हो ।
हेलिप्याट, लुर सेरर्कुखोला चिरचिरेपानी अम्रास हुदै माप्यदुधकोशी गाउँपालिका जोडन ४४ सय मिटर सडक निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा बिनियोजित ६० लाख रकमबाट सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
थुलुङ दुधकोशी ८ स्थित अम्रास आधारभुत बिद्यालयको पनि सोमबार नै उद्धघाटन गरिएको छ । उक्त बिद्यालयममा १५ जना बालबालिकालाई बिद्यालय भर्ना समेत गरिएको छ ।
गाउँ भन्दा टाढा बिद्यालय भएकाले बालबालिकाहरु बिद्यालय जानबाट बञ्चित नहोस् भनेर बिद्यालय स्थापना गरिएको अध्यक्ष राईले बताए । हाल उक्त्त बिद्यालयको भवन नभएको र प्रज्वल तारा सामुदायिक युवा क्लबको भवनमा पठनपाठन भाईरहेको पनि उहाले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गदै गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी असिम राईले थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन देखि माप्य दुधकोशी गाउँपालिका बर्खुखोलासम्म सडक चाडै पुर्याउने पनि बताए ।