गाउँले न्यूज, २२ माघ । सोलुखुम्बु जिल्लाले आठौँ राष्ट्रिय खेलका लागि जिल्ला स्तरिय भलिबल खेलाडी छनोट तयारी गर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिले मंगलबार देखि जिल्ला खेलाडि छनोट गर्न लागेको हो ।
जिल्ला भलिबल खेलाडी छनोटका लागि सोलुखुम्बुको विभिन्न स्थानमा भएका प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडिबाट जिल्लाको टिम तयार पार्ने भएको छ । छनोटका लागि जिल्लाका विभिन्न स्थानबाट आएका खेलाडिहरु वीच खेल खेलाइने र त्यसबाट खेलाडि छनोट गरिने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डि.वि रानापाले जानकारी दिए ।
जिल्ला छनोटमा अहिले महिला पुरुष तर्फ २३/२३ जना खेलाडि रहेको र त्यस बाट ९/९ जना खेलाडि छनोट गरिने रानापालले बताए । उक्त खेलाडिको बन्द प्रशिक्षणका रुपमा हेरिएको छ । खेलाडि छनोट अन्तर्गत मंगलबार महिलाको छनोट हुने छ भने बुधबार पुरुषको छनोट हुने अध्यक्षको भनाइ छ । छनोटका खेलहरु योङस्टार क्लब सोलुखुम्बुको खेलमैदानमा हुने छन् ।