सोलुखुम्बुमा जिल्ला प्रशासन द्वारा आयल निगम अनुगमन

सोलुखुम्बुमा जिल्ला प्रशासन द्वारा आयल निगम अनुगमन

गाउलेसम्बाददाता-सोलुखुम्बु-३, पौष । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोलुखुम्बुमा रहेको आयल स्टोर्समा अनुगमन गरेको छ । पौष २ गतेका दिन सोलुखुम्बुमा रहेको एक मात्र दुधकोशी आयल स्टोर्स, सल्लेरीमा अनुगमन गरेको हो । तोकिएको मूल्य भन्दा बढी मूल्य लिएको भन्ने जमगुनासो बढेपछि प्रशासनले चासो बढाएको हो ।

अनुगमनका क्रममा पुगेका सवारी चालक तथा सवारी धनिले आयल स्टोर्सले तेल छैन भन्दै फर्काउने गरेको र नजिकका केहिलाई तेल वितरण गर्ने गरेको आरोप लगाएका छन् । यातायात ब्यवसायीहरुले स्थानिय रुटमा संचालन हुने सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर तेल विक्रि वितरण गर्न समेत माग गरेका छन् । आयल स्टोर्सले आवश्यक्ताअनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने सवारी चालकको भनाइ छ । ड्रमबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा मापदण्ड भन्दा कम हुने गरेको गुनासो गर्दैै यस्तो कार्य तत्कालै रोक्न पर्ने पनि यातायात यातायात ब्यवसायीहरुले माग गरेका छन ।

अनुगमन कार्यमा जानु भएका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले विल लिएर तेल खरिद विक्रि गर्न अनुरोध गर्दै तोकिएको भन्दा कम तेल भएको पाइए आफुलाई खबर गर्न अनुरोध गरे । २० लिटर भनेर १८ लिटर तेल भएको पाइएमा पम्पलाई सिल गर्ने सम्मको कार्वाही गरिने सहायक प्रजिअ शेर्पाको भनाइ रहेको छ ।

पम्प सञ्चालकको तर्फबाट रमेश मैनालिले भने चिसोका कारण उताको जति नै घटाउन नसके पनि मूल्य घटाइएको दावि गर्नु भएको छ । चिसोमा तेल जम्ने भएकाले आयल निगमले तोकेको जति घटाउन नसेकेको उहाँको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका