WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWXGJyrDQOnkhvNvobYF5EyAbpbry21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:51:22', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, १४ मंसिर – पछिल्लो समय सञ्चालनमा आएका लघुवित्त वित्तीय संस्थाहरुले धमाधम आईपीओ जारी गर्न थालेका छन् ।
अघिल्लो साता सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो ।
सामुदायिको आईपीओ बाँडफाँट भएको दुई साता पनि पुग्न नपाउँदै चौतारी लघुवित्त वित्तीय संस्थाले आगामी १९ गतेदेखि साधारण सेयर जारी गर्दैछ ।
चौतारी पछि गणपति लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले समेत साधारण सेयर जारी गर्ने भएका छन् ।
सर्वसाधारणका लागि आईपीओ जारी गर्न भर्खरै गुराँस लघुवित्तले बिक्री प्रवन्धसमेत नियुक्त गरिसकेको छ ।
२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि गुराँसले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
साभार: अनलाइन खबर