माप्य दुधकोशी गाउँपालिकाको लगानीमा प्रहरी चौकी

माप्य दुधकोशी गाउँपालिकाको लगानीमा प्रहरी चौकी

सोलुखुम्बु-मंसिर २, माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधिन प्रहरी चौकी निर्माण कार्या तिब्र गतिमा अगाडि बढीरहेको छ । गाउँपालिकाको लगानीमा माप्य दुधकोशी ३, बासामा निर्माण भइरहेको उक्त भवनको काम ६० प्रतिशत पुरा भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले  बताउनु  दिनुभयो ।

गाउँकार्यापालिकावाट बिनियोजित ५० लाख बजेटमा उक्त भवन निर्माण जारी रहेको हो । स्थानीयले उपलब्ध गराएको पाँच रोपनी जग्गामा गाउँपालिकाको लगानीमा साढे दुईतला रहने निर्माणाधिन भवनमा पाँचकोठा रहनेछन् ।

हाल किरात खालिङ राई संग्राहालय रहेको घरवाट प्रहरीले सेवा प्रवाह गरिरहेको छ । २०७२ सालको भुकम्पले पूर्ण क्षती भएको भवनबाट सेवा दिनुपर्दा निक्कै कठिन भएको कार्यरत प्रहरीको भनाई छ ।

जिल्लामानै गाउँपालिकाको बजेटबाट प्रहरी भवन निर्माण भएको यो पहिलो भएको गाउँपालिकाले दावी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका