१२ हजार ८०० फिट उचाईंमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज

१२ हजार ८०० फिट उचाईंमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज

 

काठमाडौँ । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए ।

मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए।

विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ ।

यसअघि, विमान बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । तर, बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका थिए ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका