थुलुङ राई भाषाको पाठ्यापुस्तक लोकार्पन

थुलुङ राई भाषाको पाठ्यापुस्तक लोकार्पन
पहिलोपटक प्रकाशित थुलुङ राई भाषाको पाठ्यपुस्तक बिमोचन गरिएको छ ।  यही शैक्षिक सत्रबाट खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका करिब २५ विद्यालयमा थुलुङ भाषाको पठन पाठनका लागि प्रकाशन गरिएको पाठ्यपुस्तक बुधबार बिमोचन गरिएको हो ।
भाषाविद डा. तारामणी राईको प्राज्ञिक परामर्शमा चार महिना लगाएर पहिलो पल्ट निर्माण गरिएको थुलुङ राई भाषाको पाठ्यक्रम एबं पाठ्यपुस्तक सोलुखुम्बूका प्रतिनिधिसभा सदस्य हेमकुमार राई र किरात राई यायोक्खाका केन्द्रीय महासचिव जीवन हाताचोले बिमोचन गर्नुभएको हो । थुलुङ राई भाषाको पठन पाठनका लागि शिशु कक्षा र कक्षा–१ को लागि तयार पारिएको पाठ्यपुस्तक काठमाण्डौंस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा बिमोचन गरिएको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङले बताउनुभयो ।
सोलुखुम्बूको थुलुङ दुधकोसी गाउँपालिकाका सबै वडा, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको कुइभीर, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे, रावाबेँसी गाउँपालिकाको लामीडाँडा, दिक्तेल रुपाकोट मझुवागढीको नुनथला लगायतका थुलुङ भाषाको बाहुल्यता भएको बिद्यालयमा थुलुङ राई भाषामा पठन–पाठन सुरु गरिने जनाइएको छ ।
थुलुङ राई भाषामा पढाई सुरु गर्नुअघि बैसाख २८ र २९ गते सोलुखुम्बूको सल्यानमा थुलुङ भाषी शिक्षकलाई प्रशिक्षणको व्यवस्था मिलाइएको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रले जनाएको छ ।
पाठ्यपुस्तक लोकार्पण कार्यक्रममा थुलुङ भाषाको खोज अनुसन्धान र संरक्षणमा योगदान पु¥याउने पाँचबीर राईलाई फेटा बाँधेर ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ ।
 उक्त पाठ्यपुस्तक तयार पार्न बिभिन्न ब्यक्तित्वले आर्थिक सहयोग गरेका थिए ।
स्थानीय तह कार्यान्वयनले विभिन्न भाषाभाषीमा पठन–पाठन बाटो खुलेसँगै गत माघ ९ गते काठ्माण्डौंमा थुलुङ राई भाषाको वर्ण निर्धारणको काम गरिएको थियो ।
पछिल्लो जनगणनामा खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, संखुवासभा, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लामा करिब २० हजार थुलुङको बसोबास रहेको देखिए पनि करिब ५०–६० हजार थुलुङ राईको बसोबास रहेको अनुमान छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका