खेर गएका शिशाहरुबाट चर्पीको सेफ्टी ट्याँकी निर्माण

खेर गएका शिशाहरुबाट चर्पीको सेफ्टी ट्याँकी निर्माण

कचहरी डट कम ।। हुम्लामा विभिन्न माध्यम र स्रोतबाट विभिन्न प्रकारका मदिराहरुको व्यापारबाट वर्षमा वर्षेनी हजारौं शिशीका बोतलहरु भित्रिदा वातावरणमा नकरात्मक असर पर्दै गएको अवस्थामा हुम्लाका एक सीपालु मिस्त्रीले शिशीको बोतलबाट चर्पीको सेफ्टी ट्याँकी निर्माण गरेर नयाँ कामको शुरुवात गरेका छन् ।

हुम्लामा यो वर्ष स्थानीय प्रशासनले अवैध चिनियाँ मदिराको आयातमा कडाई गरे पनि करीब १५ करोड बराबरको रक्सीको व्यापार भएको छ । यसरी वर्षेनी जिल्लामा हुने वैध तथा अवैध मदिराको कारोवारबाट हजारौं शिशीका बोतलहरुले वातावरणमा नकरात्मक असर पारिरहेको अवस्थामा हुम्ला जिल्ला बरगाउँ गाविसका काठ तथा ढुगाका मिस्त्री नुर्बु लामाले करीब ९ हजार शिशीका बोतलहरु जम्मा गरेर सदरमुकाम सिमकोटको घरमा चर्पीको सेफ्टी ट्याँकी निर्माण गरेका छन् । यसबाट उनले एकातिर चर्पीमा लाग्ने करीब एक लाख रकम बचाएका छन् भने अर्कोतिर वातावरणीय सुधारमा सहयोग र नयाँ प्रयोग समेत गरेको कुरा उनका भाइ टाक्पा जिग्मेद लामाले बताए ।

हुम्लामा भित्रिने वैध तथा अवैद्य मदिराहरुको शिशा व्यवस्थापन नहुँदा सुन्दर हुम्ला कुरुप बन्दै गएको छ । यसैले सदरमुकाम सिमकोटलाई शिशिकोटको रुपमा पनि नामकरण गर्न थालिएको छ । यस्तो अवस्थामा केही हुम्लीहरुले सिमकोट वरपर छरिएर रहेको शिशाहरुलाई संकलन गरेर चर्पीको सेफ्टी ट्याँकी निर्माण गरेका छन् । यस्तै शिशाको प्रयोग गर्ने व्यक्ति हुन नुर्बु साबेल लामा, लिमाटाँगका बासिन्दा हुन् । उनले आफ्नो सिमकोटमा  निर्माण गरेको घरको चर्पीको सेफ्टी ट्याँकीमा करीब ४ हजार शिशाका बोतल प्रयोग गरेका छन् । यसबाट एकातिर शिशाको सरल व्यवस्थापन भएको छ भने अर्कातिर चर्पी निर्माणमा लाग्ने महंगो खर्च बचेको छ । यसरी शिशाको प्रयोग गरेमा वातावरणीय व्यवस्थापनमा सकरात्मक प्रभाव पर्ने सीप नेपालका संयोजक अंगबहादुर लामाको मत रहेको छ ।

यसरी साना साना कुराहरुमा पनि ध्यान दिन सकेमा हाम्रो व्यावहारीक काममा पनि खेर गएका वस्तुहरु उपयोगी हुने कुरा हुम्ला बरगाउँ गाविस वडा नं ८ का नुर्बु लामा पनि एक प्रतिनिधि पात्र हुन् । उनेको सिको सबैले गर्न सकेमा खेर गएका र वातावरणमा असर पार्ने वस्तुहरु पनि उपयोगी हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका