हुम्लामा संग्रहालय

हुम्लामा संग्रहालय

कचहरी डट कम, हुम्ला ।। सांस्कृतिक सम्पदा संरक्षण, सम्बद्र्धन, विकास, विस्तार प्रचार प्रसारका लागि जिल्लामा नै पहिलो पटक संग्रहालयको स्थापना भएको छ । यसबाट स्थानीय कुराहरुको संलकन गरी सांस्कृतिक पर्यटन गर्नमा सहयोग पुग्ने छ ।

हुम्ला जिल्ला विविधताले भरीपूर्ण र परिपूर्ण स्थान भएकोले यहाँको संस्कृति र प्रकृतिको संगममा अनेकौं प्रकारका नौला नौला कुराहरु भए पनि चेतनाको अभाव र शिक्षाको कम विकासका कारण बहुमुल्य कुराहरु पनि ओझेलमा पर्दै र पार्दै गएका काराण यसको विकास विस्तार गर्नका लागि संग्रहालयको स्थापना गरिएको कुरा जिल्ला विकास समितिका निमित्त कार्यालय प्रमुख विशाल वोहराबाट जानकारी प्राप्त भएको छ ।

हाल यो संग्राहलयको स्थापना जिल्ला विकास समिति हुम्लाको पहलमा भएको हो भने यसमा हुम्ला जिल्लाका जाति, धर्म, परम्परा, संस्कार, आभूषण, गहरगहना तथा विभिन्न प्रकारका कृषि तथा घरेलु औजारहरुको संकलन गरिएको छ । अहिलेसम्म करीब दुई सयभन्दा धेरै प्रकारका सामाग्रीहरुको संकलन गरिएको छ र अझै धेरै संकलन गर्न सकेमा यसले हुम्ला जिल्लालाई आन्तरिक र बाह्य दुवैस्तरमा चिन्न र चिनाउनमा सहयोग पुग्ने कुरा निमित्त कार्यालय प्रमुख बोहराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका