काठमाडौं फागुन ६ –
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वी नारायण शाहलाई मान्ने नाममा उनीहरुका पूर्खालाई मान्नु आबश्यक नभएको बताएका छन् ।राप्रपाले महाधिवेशन मार्फत संवैधानिक राजतन्त्रको वकालत गरिरहेको समयमा ओलीले पृथ्वी नारायण शाहलाई मान्ने नाममा उनका सन्तान दरसन्तानलाई मान्न जरुरी नभएको बताएका हुन् ।
‘इतिहासको सम्मान गर्ने नाममा सबै बोक्ने होइन । पृथ्वीनारयाण माने भन्दैमा ड्रगिस्टलाई मान्नु पर्छ ?’ ओलीले भने । नाम नलिएपनि ओलीको टिप्पणी पूर्वयुवराज पारश तर्फ लक्षित थियो ।