Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोडदिनुपर्छः उपाध्यक्ष डा श्रेष्ठ – Gaule Khabar

पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोडदिनुपर्छः उपाध्यक्ष डा श्रेष्ठ

पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोडदिनुपर्छः उपाध्यक्ष डा श्रेष्ठ

म्याग्दी (बाँबियाचौर), फागुन ६ –

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तर मन्त्रालयगत समन्वयमा जोड दिइएको बताउनुभएको छ ।

म्याग्दीको बेनीमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको कमी, निर्माण व्यवसायी तथा उपभोक्ता समितिको लापरबाही र कर्मचारीमा इच्छाशक्तिको कमीले गर्दा विकास बजेट कार्यान्वयन एवम् सदुपयोगमा समस्या देखिएको छ ।”

उपाध्यक्ष डा श्रेष्ठले योजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी प्रधानमन्त्रीको कार्यालय र आयोगले देशभरका योजनाको अनुगमन, मन्त्रालयबीच समन्वय तथा कर्मचारी, उपभोक्ता समिति र निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन पहल गरिएको बताउनुभयो ।

मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउने र पूर्वाधार योजनामा वन मन्त्रालयले अवरोध गरेकाले विकास योजना प्रभावित भएका छन्” उहाँले भन्नुभयो “विकास आयोजनालाई गति दिन एकअर्को मन्त्रालयबीच समन्वय बढाउन प्राथमिकता दिइएको छ ।”

उपाध्यक्ष डा श्रेष्ठले चालु आर्थिक वर्षमा विकास बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य सरकारले लिएको बताउँदै फागुन मसान्तसम्म ठेक्का सम्झौता नभएका योजनाको बजेट रकमान्तर गरेर भएपनि काम भएका योजनालाई उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ भन्नुभयो ।

ठेक्का लिएको काम अलपत्र छाड्ने र समयमा पूरा नगर्ने निर्माण व्यवसायी तथा जिम्मेवारी लिएको काम निर्माण व्यवसायीलाई दिने उपभोक्ता समितिमा देखिएको बढ्दो विकृति रोक्न नीतिगत सुधारका लागि पहल भइरहेको छ उहाँले भन्नुभयो ।

सो अवसरमा उपाध्यक्ष डा। श्रेष्ठले बजेटको सही सदुपयोग र परिचालनका लागि समन्वयकासाथ सक्रिय बन्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिनुभयो ।

जिल्लामा विकास योजना कार्यान्वयनको अवस्था, भएका प्रगति र समस्याका विषयमा उहाँले जिल्लाका राजनीतिक दल र कार्यालय प्रमुखलगायत सरोकारवालासँग छलफल गर्नुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका